राष्ट्र बैंकले ५ अर्बको ट्रेजरी बिल नविकरण गर्दै

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब रुपैयाँको र १ सय ८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँकोे ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल खरिदका लागि बैशाख २ गते सोमबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि जारी गरेको ट्रेजरीबिल २०७६ असार ३१ गते परिपक्व हुनेछ । त्यसैगरी १ सय ८२ दिनका लागि जारी गरेको बिल २०७६ असोज २८ गते परिपक्व हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *