June 9th, 2016

प्रिमियर इन्स्योरेन्सले माग्यो कर्मचारी, जेठ ३० गतेसम्ममा बुझाउनुस् आवेदन

primierप्रिमियर इन्स्योरेन्स कम्पनिले कर्मचारी माग गरेको छ । कम्पनिले मार्केटिङ एसिस्टेन्ट पदका लागि केही र लिगल अफिसर पदका लागि १ जना माग गरेको हो । मार्केटिङ एसिस्टेन्टका लागि आवेदन दिन चाहनेले व्यवस्थापन संकायअन्तर्गत मार्केटिङ विषयमा ग्रयाजुएसन गरेको हुनुपर्ने बताइएको छ । फ्रेसरहरुलाई प्राथमिकता दिइने कम्पनिले जनाएको छ । लिगल अफिसरमा आवेदन दिन चाहनेले कानुन विषयमा ग्रयाजुएट गरेको र सम्बन्धित क्षेत्रमा १ वर्ष काम गरेको अनुभव हुनुपर्ने बताइएको छ । आवेदन बुझाउने अन्तिम मिती १२ जुन अर्थात जेठ ३० गतेसम्म रहेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले कम्पनिको मुख्य कार्यालय नक्सालमा सम्पर्क गर्न सक्नुहुनेछ ।