बैंकिङ खबर । आज शुक्रबार सुनको मुल्य घटेको छ । प्रतितोला ६ सय रुपैयाँले सुनको मुल्य घटेको हो । बिहिबार प्रतितोला ६० हजार २ सय रुपैयाँले कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँले कारोबार भईरहेको छ ।
बिहिबारको तुलनामा तेजावी सुनको मूल्य ६ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । भने चाँदी शुक्रबार प्रतितोला ७२० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।