Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थानको नौ वर्ष, विविध कार्यक्रम गरी मनायो वार्षिकोत्सव

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । बुटवलमा केन्द्रिय कार्यलय रहेको जनउत्थान सामुदायिक लघुवित्तले विभिन्न कार्यक्रमहरु गरी ९ औं बार्षिकोत्सव मनाएको छ । प्रदेश नं ५ का प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिको प्रमुख आतिथ्यतमा एक कार्यक्रम गरी लघुवित्तले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा लघुवित्तका संस्थापक अध्यक्ष एवम् नेपाल सरकारका सहसचिव डा.मान बहादुर विश्वकर्मा, नेपाल सरकारका सहसचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत सन्त बहादुर सुनार, लघुवित्तका संचालक समिति अध्यक्ष बाबुराम विश्वकर्मा, संचालक समितिका सदस्यहरु संस्थापक शेयरधनीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, लघुवित्तमाआवद्ध समुह सदस्यहरु, केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै अतितिहरुले लघुवित्तले विगत ९ वर्ष देखि विपन्न वर्गहरुको आर्थिक तथा सामाजिक रुपान्तरणको क्षेत्रमा खेलेको महत्वपुर्ण भुमिकाका लागी हार्दिक धन्यवाद ब्यक्त गर्दै लघुवित्तलाई शुभकामना प्रदान गरेका थिए । लघुवित्तले वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मानव सेवा आश्रम शाखा कार्यालय बुटवललाई २० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग सहित आश्रम रहेकाहरुलार्ई फलफुल तथा जुस वितरण गरेको छ ।
वाािषर््कोत्सवको अवसरमा लघुवित्तको शाखा कार्यलयहरु लालझाडी, दुर्गौली, हार्थोक र तानसेनले रक्तदान कार्यक्रम, त्यस्तै शंसेरगंज, बिजौरी तथा पोखराथोकले टोल, स्कुल, मन्दिर तथा भवन सरसफाई कार्यक्रम, शाखा कार्यालय बडैयातालले अपाङ्ग बालबालिकाहरुलाई फ्यान् तथा कुसन सामाग्री वितरण, शाखा कार्यालय मंगलपुर, कविलास तथा रजहरले देवघाट, चितवन स्थित बृद्धा आश्रममा खाना तथा फलफुल वितरण, शाखा कार्यालय शक्तीखोरले उद्यमशिलता तालिम संचालन, शाखा कार्यालय कोहलपुरले बेमौसमी तराकारी खेती तालिम जस्ता विविध कार्यक्रमहरु संचालन गरेका छन् ।

लघुवित्तले तराईका ११ वटा र पहाडका ८ वटा गरी १९ वटा जिल्लामारहेका ३९ वटा शाखा कार्यालय मार्फतकरिव ३३ हजार ७ सय जनालाई सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

Ad