बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । चैत २६ गते बोर्डले लघुवित्तलाई जारी पूँजीको ३२ दशमलव २६ प्रतिशत बराबरको शेयर जारी गर्न अनुमति दिएको हो।
लघुवित्तले गत पुस १० गते २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको थियो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।