Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्धारा नव नियुक्त कर्मचारीलाई तालिम

२०७५ चैत्र २५ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्तले नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ४ दिने आधारभूत तथा अभिमुखीकरण तालिम दिएको छ । नवनियुक्त कर्मचारीहरुलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने तथा लघुवित्त सम्बन्धी कार्य प्रकृया तथा नीति नियमको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । उक्त तालिममा ६९ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सर्बसाधारणमा पहँुचको बृद्धि र बिस्तारका लागि वित्तीय संस्थाले व्यावसायिक टेवा पु¥याएको बताए । प्रतिस्पर्धी बजारमा संगठनलाई केही समयभित्र ७७ जिल्लामा आफ्नो शाखा विस्तार गर्ने लक्ष्य रहेको र संस्थाको कार्यक्रमले विपन्नवर्गहरुको आर्थिक स्थितिमा सुधार गरी सकारात्मक प्रभाव पारेको समेत जानकारी दिए । साथै, कर्मचारीहरुलाई तालिमले फिल्डमा कार्य गर्न सहज हुनुका साथै शाखामा उत्साहका साथ कार्य गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, संस्थाका निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले कार्यक्रममा विपन्न वर्ग, न्यून आय भएका परिवार वा बासिन्दाहरुको आर्थिक उत्थानको लागी व्यक्तिगत वा सामुहिक जमानीमा ऋण प्रदान गरेर कार्य गरिरहेको जानकारी दिए । त्यस्तै छोटो अवधिमा संस्थाले देशका बिभिन्न स्थानमा शाखा स्थापना गरी विपन्न वर्गसंग घरदैलो बैकिङ कारोवार गरि गरिबी न्यूनिकरणमा सहयोग पु¥याइरहेको बताए ।

हालसम्म संस्थाले ४८ जिल्लामा ९२ शाखा कार्यलयउ मार्फत ९१ हजार विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ । साथै निकट भविष्यमा नै संस्थाले अन्य दुर्गम ठाउँहरुमा समेत शाखा विस्तार गरी गरिब तथा विपन्न वर्गमा लघुवित्त सेवा पुर्याउने योजना रहेको छ ।

Ad