April 7th, 2019

झण्डै ९ अर्बको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ कारोड ८६ लाख ८० हजार रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि एक अर्ब रुपैयाँको, १ सय ८२ दिनका लागि १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयााँको र ३ सय ६४ दिनको लागि ६ अर्ब रुपैयाँको बिल विक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने जनाएको छ । बैंकका अनुसार ९१ दिनका लागि जारी गरेको ट्रेजरीबिल २०७६ असार २४ गते परिपक्व हुनेछ । त्यसैगरी १ सय ८२ दिनका लागि जारी गरेको बिल २०७६ असोज २१ गते परिपक्व हुनेछ । ३ सय ६४ दिनको लागि जारी हुन लागेको बिल २०७६ चैत २५ गते परिपक्व हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]