बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १० दशमलव ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । संस्थाको चैत्र २३ गते भएको साधारणसभाले शेयरधनीलाई १० दशमलव ४५ प्रतिशत बोनस शेयर, अधिकृत पुंजी १० करोडवाट २० करोड पु¥याउने लगायतका प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरण गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ पु¥याउने प्रस्ताव पारित भएको छ । त्यस्तै सभाले सर्बसाधारण शेयरधनीहरुको तर्फवाट २ जना संचालकको निर्वाचनमा सरोज कुमार सिंह र मनोज कुमार साह निर्विरोध निर्वाचित गरेको छ ।
संस्थाका प्रमु खकार्यकारी अधिकृत सत्यदेव राउतले स्वागत मन्तब्य राख्दै ग्राहक सदस्यहरुको सिप र क्षमता, बजार र भौगोलिक क्षेत्रको आधारमा उत्कृष्ट कार्यक्रमहरु संचालन गरिरहेको र कर्मचारीहरुले उच्च मनोवलका साथ काम गरिरहेको हुनाले आगामि बर्षमा संस्थाको कारोवारमा उल्लेख्य प्रगति भई शेयरधनीहरुलाई उचित मुनाफा दिन सकिने धारणा व्यक्त गरे ।