June 8th, 2016

राष्ट्र बैंकलाई निर्माण व्यवसायीको ४ अनुरोध

nirmanनिर्माण व्यवसायीहरुले सावाँ व्याज र विलम्ब शूल्क नलाग्ने र कर्जा नियमित गर्ने व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प र नाकाबन्दीको समयमा आयोजनाको काम प्रभावित भएकाले बैंकलाई बुझाउनु पर्ने किस्ता समयमा बुझाउन नसकिएको यस्तो व्यवस्था गरिदिन अनुरोध गरेको हो । 

महासंघले यस अवधिमा निर्माण आयोजना प्रभावित भई समयमा पूरा गर्न नसक्दा साँवा तथा ब्याज बुझाउने समय २०७३ साल पुस मसान्तसम्म बनाइदिन अनुरोध गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो । 

तेस्रो पक्षको धितोबाट कुनै पनि कारोबार गर्न नसकिने व्यवस्था हटाई बोलपत्र सम्झौता जारी गर्दा गर्नुपर्ने बैंक ग्यारेन्टीमा तेस्रो पक्षसमेतबाट कारोबार गर्ने गराउने व्यवस्थाका लागि पनि महासंघले आग्रह गरेको छ । 

विद्यमान व्यवस्थाअनुसार कुनै पनि बैंक ग्यारेन्टीको जारी मिति गर्ने बैंकको दायित्व रहने हुदाँहुदैं पनि मान्य हुने अवधि समाप्त बैंकले उक्त ग्यारेन्टीवापतको कमिसन काट्ने गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ । यस्तो प्रक्रिया बैकिङ ऐन नियमविपरीत रहेको र व्यवसायीलाई यसबाट ठूलो आर्थिक व्ययभार भएकाले यो व्यवस्था हटाउन पनि महासंघको माग छ ।