बैंकिङ खबर । सुनको भाउ दिन दिनै घट्दै आएको पाईन्छ । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य अघिल्लो दिनको भन्दा १ सय रुपैयाँले कम भएको हो ।
बिहीबार तेजावी सुनको भाउ भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।