Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तले गर्यो हावाहुरी प्रभावितलाई आर्थिक सहयोग

२०७५ चैत्र २० गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीयले चैत्र १७ गते आएको विनासकारी हावा हुरीबाट प्रभावित बारा जिल्लाका बासिन्दाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । बारा जिल्लाको कलैया र फेटा शाखामा आवद्ध भएका हावा हुरीबाट प्रभावित भई पिडित भएका ५८ जना सदस्यहरुलाई सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तीय संस्थाको सदस्य कल्याणकारी कोषबाट प्रभावित प्रति व्यक्ति चार हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो।

क्षेत्रीय कार्यालयका अनुगमन उप–प्रमुख रमेश घिमिरे, कलैया शाखाका शाखा प्रबन्धकसुकदेब राना, फेटा शाखाका शाखा प्रबन्धक श्री सुजन तिमिल्सिना र उक्त दुबै शाखामा कार्यरत कर्मचारीहरुको सकृयतामा स्थलगत रुपमा क्षतीको विवरण संकलन गरी सम्बन्धित प्रभावित व्यक्तिहरुको गाउँमा गई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वलाई उच्चत्तम महत्व दिई दैविप्रकोप प्रभावितलाई सहयोग गर्ने, नगर तथा गाउँ सरसफाई अभियान संचालन गर्ने, विपन्न तथा सीमान्तकृत वर्गको आयआर्जन र व्यवसायिक दक्षतामा अभिबृद्धि गर्ने, घरवार तथा आफन्त विहिन भई सडकमा अलपत्र परी रोग र भोकले पिडित व्यक्तिहरुलाई सहयोग गर्ने, वित्तीय साक्षरता, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, जस्ता बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै सामाजिक दायित्व पुरा गर्दै आएको छ ।

Ad