बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम १ बर्षको लागि मुद्धति निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले मंगलबार एक सुचना प्रकाशित गर्र्दै २०७६ बैशाख २ गते देखि २०७७ बैशाख १ गते सम्म १बर्षे मुद्धति निक्षेप राख्न लागेको जनाएको छ । उक्त पैसा त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ३ अर्ब १६ करोड ७५ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा ५३ करोड ४८ लाख रुपैयाँ र राष्ट्रिय स्तरको वित्त कम्पनीहरुमा १९ करोड ४८ लाख रुपैयाँ गरि कुल ३ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो ।
उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले उल्लेख गरेका सर्तहरु पुरा गरि आपूmले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी २०७५ चैत्र २१ गते अपरान्ह ३ बजे भित्रमा राष्ट्र बैंकको वित्त ब्यवस्थापन विभागमा पेश गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।
देहाय बमोजिमका सर्तहरु पुरा गरेका बैंक तथा वित्तीय हरुले निक्षेपको लागि आवदेश दिन सक्नेछन् ।
- बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको ।
- बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
- निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।
- खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।
- कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
- निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।
- रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
- लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।
- शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको ।
- बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको ।
- समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
- सर्वसाधारणको ला
गि छुट्याईएको शेयर जारी गरीसकेको ।