March 29th, 2019

लगानी सम्मेलनलाई प्रतिपक्षको साथ, उत्पादन र क्वालीटी विजनेशमा लगानी गर्न पुर्व अर्थमन्त्री महतको आग्रह

बैंकिङ खबर । पुर्व अर्थमन्त्री तथा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रसका नेता डा. रामशरण महतले नेपालमा उत्कृष्ट लगानीको वातावरण रहेकोले विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन् । लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै पुर्व अर्थमन्त्री महतले सरकारले अगाडी सारेका उर्जा, पर्यटन, कृषि लगायतका सात वटा क्षेत्रमा लगानीको लागि अपार सम्भावन रहेको र विदेशी लगानीको सुरक्षाको लागि प्रतिपक्ष दलको हैसियतमा नेपाली कांग्रेसले पनि पुर्ण सहयोग गर्ने बताएका हुन् ।

विगत दुई बर्ष यता नेपालमा लगानीको वातावरण बनेको भन्दै उत्पादन र क्वालीटी विजनेसको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई डा.महतले आवहान गरे । विदेशी लगानीकर्ताको हितको लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सदैव तत्पर रहेको उनले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]