Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रेफाइनान्सले गर्यो केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय हर्दीनेटा गुल्मीले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६५ जना भन्दा बढी ग्राहक सदस्यको उपस्थितीमा कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो ।

साथै, कार्यक्रममा उत्कृष्ट केन्द्रहरुलाई पुरुस्कृत गर्नुको साथै एसईई परीक्षमा उत्कृट अकं प्राप्त गर्ने विद्याथिीलाई छात्रबृत्ति प्रदान गरेको थियो । मेरो मनकामना महिला केन्द्र ( केन्द्र नं १८) प्रथम, मेरो रोजगारी महिला केन्द्र (केन्द्र नं १३) दोस्रो, मेरो उर्वरा महिला केन्द्र केन्द्र नं १६ तेस्रो, शुभलक्ष्मी महिला केन्द्र केन्द्र नं १ चतुर्थ भएकोले उक्त केन्द्रहरुलाई क्रमश तीन हजार, दुई हजार, एक हजार र ५ सयको साथै, सम्मान पत्र सहित पुरुस्कृत गरीउको थियो ।

त्यसैगरी मेरो उर्वरा महिला केन्द्र केन्द्र नं १६ को ग्राहाक सदस्य श्रीमति कमला घर्तीको छोरा गणेश घर्तिले उक्त शाखा अन्तरगतको गा्राहाक सदस्यको छोरा छोरी मध्ये एसइई परीक्षामा उत्कृष्ट अकं हासिल गरेकोले १२ हजार सहित सम्मान पत्र तथा सहित छात्रवृती प्रदान गरेको छ ।

कार्यक्रममा सहभागि हुने ग्राहाक सदस्यको स्वास्थ्य परीक्षण गरी उनिहरुलाई स्वास्थ्य रहन र नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण गर्नको लागि सुझाव दिइएको थियो ।

उक्त कार्यक्रममा शाखा प्रबन्धक दिपेश बहादुर ढकाल क्षेत्रिले असल केन्द्रमा हुने गुणहरु, पुरुस्कार वितरणको प्रक्रियाको बारेमा जानकारी दिएका थिए भने सागर भण्डारीले बचत, कर्जा, विमा, रेमिटान्सको बारेमा प्रस्ट पारेका थिए।

Ad