नेपाल धितोपत्र बोर्डले एशोसियशन अफ नम्बरिङ एजेन्सी (एएनएनए)को सदस्यता पाएको छ । बोर्डको नीतिअनुरुप नेपालले एएनएनएको ९२ औँ सदस्यता प्राप्त गरेको हो । सन् १९९२ मा स्थापित, जर्मनीमा मुख्य कार्यालय रहेको एएनएनएको यही जुन २÷३ मा आर्मेनीयाको राजधानी यरेभानमा भएको वार्षिक साधारण सभाले नेपाललाई सदस्यता प्रदान गरेको हो ।
एएनएनएमा हाल नेपाल लगायत ९२ पूर्ण सदस्य तथा अन्य २५ पार्टनर रहेका छन् । बोर्ड सन् २०१० देखि एएनएनएको पार्टनर रही आएकोमा बोर्डले मिति २०६९जेठ १ मा सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई इन्टरनेशनल सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आइएसआइएन) प्रदान गर्ने अधिकार दिएको तथा मिति २०७२ पुस २६ मा एएनएनएको सदस्यता लिनको लागि तोकेको थियो । एएनएनको सदस्यता प्राप्त गरेसँगै सिडिएस एण्ड क्लियरिङ्ग लि.ले एएनएनको सदस्यको रुपमा नेशनल नम्बरिङ एजेन्सीको कार्य गर्नेछ । एएनएनएको सदस्यता पाएसँगै धितोपत्र बजारको अन्तराष्ट्रियकरण गरी स्तर अभिवृद्धि गर्ने अठोट धितोपत्र बोर्डले लिएको छ ।
एएनएनए नम्बर्स दि वल्र्डको मान्यता लिएको एएनएनए ले विश्व धितोपत्र सम्बन्धी उद्योगको फाइदाको लागि विश्वमा उपलब्ध धितोपत्रको चिनारी दिने, धितोपत्र तथा अन्य वित्तीय साधनहरुको विश्वस्तर विकास तथा प्रवद्र्धन गर्ने, इन्टरनेशनल अर्गनाइजेसन फर स्टान्डर्डस (आइएसओ) को स्तर विकास प्रकृयामा योगदान गर्ने तथा विकसित स्तरहरुको शीघ्र, यर्थार्थ तथा गुृणस्तरीय प्रयोगलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।