किन दिदैनन् सहकारी संघसंस्थाले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना

बैंकिङ खबर । मुलुकभर सञ्चालित सहकारी संघसंस्थाहरुले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना दिनुपर्ने व्यवस्थाको निर्देशन सहकारी विभागले दिएपनि अधिकांश सहकारी संघसंंस्थाहरुले सूचना दिन अटेरी गरेका छन् । विभागले २०७४ माघमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन जारी गरेको थियो । तर एक वर्ष वितिसक्दा पनि अधिकांश सहकारीहरुले सूचना दिन अटेरी गरेका छन् ।

विभागको सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन अनुसार १० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्नेको स्रोत माग्नुपर्ने र शंकास्पद कारोबारको विवरण समेत बुझाउनु पर्ने व्यवस्था छ । विभागले सूचना जारी गरी सबै सहकारीहरुलाई विवरण बुझाउन ताकेता गरेको भएपनि अधिकांशले अटेर गरेको स्रोतको भनाई छ । तर सूचना बुझाउन अटेर गर्नेलाई विभागले अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन ।

विभागले निर्देशन कार्यान्वयन गर्न अटेर गर्ने संस्थाहरुलाई लिखितरुपमा सचेत गराउने र सचेत गराउँदा समेत नमानेमा ५ करोड रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था समेत छ । विभागले सहकारी संघसँग मिलेर देशभर यस सम्बन्धी प्रशिक्षण तथा गोष्ठी पनि गर्दै आएको छ । तरपनि अधिकांश सहकारी संघसंस्थाहरुले अटेरी गर्दै आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *