बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घोराही, दाङले ग्राहक सदस्यहरुका लागि माहुरी पालन तालिम दिएको छ । माहुरी पालन गरिरहेका किसान तथा माहुरी पालन गर्न उत्सुक ४० जना किसान महिला सदस्यहरुका लागि घोराही उपमहानगरपालिका वार्ड नं. ४ मा मौरीपालन सम्बन्धी आधारभुत तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रममा मौरीपालक कृषक संघका केन्द्रीय उपाध्यक्ष दिपक कुमार श्रेष्ठले माहुरी पालनका प्रक्रिया तथा व्यवस्थान लगायतका विषयमा तालिम प्रदान गरे । उनले माहुरी पालन गर्न आवश्यक आधारभूत कुरा देखि व्यवस्थापनका विषयमा जानकारी दिए ।
तालिम कार्यक्रमका सहभागीहरुले तालिमबाट सीप र ज्ञान प्राप्त भएकोले आफुले संचालन गरिरहेको माहुरी पालन व्यवसायलाई व्यवस्थित र भविष्यमा समेत बैज्ञानिक तरिकाले गर्न सकिने बताए।