Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शोकेसमा चार परियोजना थपिए

२०७५ चैत्र १२ गते

आइतबार अन्तिम भन्दै निजी क्षेत्रका २३ परियोजनासहित ७३ परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तय गरेको लगानी बोर्डमा सोमबार पुनः ४ परियोजना थपिएका छन् । बोर्डमाथि दबाब बढेकाले सोमबार चार परियोजना थपिएका हुन् । बोर्डले भने सोमबारसम्म तय भएका ५० सरकारीसहित ७७ परियोजनालाई नै अन्तिम भनेको छ । सोमबार थपिएकोमा हायात प्यालेस काठमाडौँ, सिटी अफ ड्रिम्स, मुक्तिनाथ दर्शन केबलकार र ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना छन् ।

लगानी सम्मेलनको पूर्व तयारीको क्रममा बढी दुई दर्जन प्रश्तुत गर्ने लक्ष्य राखेको सम्मेलनको मुख्य आयोजना लगानी बोर्डले केही परियोजना थपेर ६३ पु-याएको थियो भने फेरि थपेर ६७ पुगेको थियो । सुरुमा सम्भाव्यता अध्ययनदेखि विस्तृत अध्ययन भएका परियोजना मात्र प्रस्तुत गर्ने योजना बनाएको थियो । तर, पछिल्लो समयमा दबाबमा भर्खर पहिचान भएका तथा लागत समेत हचुवामा तय भएका समेत थपिएको लगानी बोर्ड सम्वद्ध स्रोतले जनाएको छ । “आइतबार अर्थमन्त्री एवं बोर्ड उपाध्यक्ष डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको निर्देशक समितिले ७३ आयोजनालाई अन्तिम भनेपनि सोमबार दबाब परेपछि फेरि थपिएको हो र अझै भन्न नसकिने अवस्था छ,” स्रोतले भन्यो । कारोबारमा प्रकाशित समाचार ।

Ad