March 25th, 2019

मेरो माइक्रोफाइनान्सले गर्यो चौतारा निर्माणका लागि आर्थिक सहयोग

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था गाउँ शहर लमजुङले डाँडाकठेरीमा चौतारा निर्माणको लागि १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सो रकम संस्थाका शाखा प्रबन्धक देवकी कडेलले मेरो मनकामना महिला केन्द्रका केन्द्र प्रमुख कृष्णमाया अधिकारीलाई हस्तान्तरण गरेको हो । सो रकम चौतारा निर्माण गर्नका लागि महिला केन्द्र मार्फत सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै शाखा प्रबन्धक कडेलले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राखि समाजमा बिकास निर्माण कार्यलाई सदैव सहयोग र साथ गरिरहेको बताईन् । त्यस्तै कार्यक्रममा बोल्दै, महिला केन्द्र प्रमुख अधिकारीले संस्थाले महिला सशक्तिकरणको लागि बिभिन्न कार्यक्रमहरु गरेर महिलाहरुलाई आत्मनिर्भर बनाएको बताइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]