
बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नेप्सेले समायोजन गरेको छ । लघुवित्तले बोनस शेयर दिने भएपछि नेप्सेले शेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि लघुवित्तको शेयर मूल्य ५ सय ५१ रुपैयाँ ५८ पैसा तोकिएको छ । उक्त मूल्यका लागि नेप्सेले ७ सय २४ रुपैयाँ ७९ पैसा औसत आधार मूल्य तोकेको छ ।