कोकाकोलाका दुई कम्पनी : दुवैको लाभांश उच्च

नेपालमा कोकाकोला उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन्– बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड । यीमध्ये बोटलर्स नेपाल तराई लिमिटेड सबैभन्दा उच्च सेयरमूल्य हुने कम्पनीमध्येमा पर्छ । यसको सेयरमूल्य ६ हजार ४ सय ९८ रुपैयाँ छ । विगत सात वर्षमा यो कम्पनीले ८५ प्रतिशतसम्म लाभांश बाँडेको छ ।

आव ०६८/६९ मा उसले त्यो लाभांश बाँडेको हो । गत आव ०७४/७५ मा उसले ४० प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै, बोटलर्स नेपाल बालाजु लिमिटेड पनि उच्च प्रतिशत लाभांश बाँड्ने कम्पनीमा पर्छ । आव ०६८/६९ मा उसले ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत आव ०७४/७५ मा भने उसले २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको सेयर मूल्य १ हजार ६ सय ९८ रुपैयाँ छ । नयाँ पत्रिकामा प्रकाशित समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *