आशा लघुवित्तद्वारा पर्साको परवानीपुरमा सीपमूलक तालिम सम्पन्न

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले पर्साको परवानीपुरमा सीपमूलक तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय परवानीपुर, पर्सामा आबद्ध सदस्यहरु मध्ये ५६ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सरफ बनाउने तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रममा बोल्दै शाखा प्रमुख चौधरी चरण यादवले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो तालिममा वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको हो ।

उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ सय ६२ विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

हालसम्म संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ५७ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *