March 19th, 2019

मिथिला लघुवित्तले दियो फिल्ड कर्मचारीलाई तालिम

बैंकिङ खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना फिल्ड सहायक स्तरका कर्मचारीहरुका लागि दुई दिने फिल्ड ब्यवस्थापन तालिम संचालन गरी सम्पन्न गरेको छ । आईतवार धनुषाको लालगढ स्थित लालगढ कुष्ठरोग अस्पतालको तालिम हलमा आयोजित तालिममा संस्थाका सञ्चालक हरि प्रसाद काफ्लेले उद्घाटन गरेका थिए ।

तालिम कार्यक्रममा श्रोत ब्यक्तिहरुले समुहप्रवेश पुर्व तालिम संचालन, केन्द्र बैठक ब्यवस्थापन तथा संचालन, कर्जा विश्लेषण लगाएत समसामयिक विभिन्न विषयहरुमाथि प्रशिक्षण दिएका थिए । तालिममा २३ शाखाका २३ जना सहायककर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले फिल्ड स्तरका कर्मचारीहरु सक्षम भएमा मात्र संस्थाको उद्धेश्य पुरा हुन सक्ने भएकोले सहायक स्तरका कर्मचारीलाई उनिहरुले दैनिक गर्नु पर्ने कामको वारेमा थप जानकारी होस र काममा उर्जा मिलोस भन्ने ध्ययका साथ यो तालिम आयोजना गरिएको र आगामी दिनमा बाँकी कर्मचारीहरुलाई समेत सहभागि गराईने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]