Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति माईक्रोफाइनान्सद्धारा अभिमुखिकरण तालिम सम्पन्न

२०७५ चैत्र ५ गते

बैंकिङ खबर । गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ मा अवस्थित ९ वटा शाखा कार्यालयका सहायक कर्मचारीहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

तालिममा सहायक कर्मचारीरुलाई वित्तीय संस्थाको नीति नियम तथा कार्यविधिहरुको को जानकारी, लेखा व्यवस्थापन को साथै नेतृत्व विकास, सफलताको रहस्य तथा उत्प्रेरण लगायतका विषयहरुमा तालिम दिईएको थियो ।

हालसम्म संस्थाले १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३ हजार ९ सय ४६ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ । साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म रु १९ करोड ५८ लाख बचत संकलन गरेको छ ।

Ad