March 19th, 2019

खोइ बजेट ? ठेकेदारले लग्यो, खोइ पुल ? खोलाले बगायो 


झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकालाई जोड्ने रतुवा खोलामा झन्डै ५ सय मिटर लामो पुल ११ करोड खर्च गरेर बनाइयो । पुल बनाएलगत्तै बाढीले पूर्वतर्फको १ सय मिटर भाग बगाइदियो । अहिले खोला एकातिर छ, अधकल्चो पुल अर्कैतिर ठडिएको छ । बगेको भागलाई रिडिजाइन गरेर बनाउने काम सुरु भएको छैन । १२ वर्षदेखि पुल अलपत्र छ ।

कालिका कन्स्ट्रक्सन र आशिष निर्माण सेवाले संयुक्त रूपमा बनाएको पुलको सबै भुक्तानी निर्माण कम्पनीले लगिसकेको छ । स्थानीयका अनुसार खोलाको बहाव विस्तार भएको विषयमा अध्ययन नगरी डिपिआर तयार गरिएको थियो । सुनसरी मोरङ पुल आयोजना गठन गरी यो पुल बनाइएको थियो । अहिले सो आयोजना नै खारेज भइसकेको छ । पुलको स्वामित्व लिने अड्डा पनि भेटिएको छैन । नयाँ पत्रिकामा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]