March 18th, 2019

मेरो माइक्रोफाइनान्सले गर्यो केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामगढवा,पर्साले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृदि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रामगढवा ,पर्सा अन्तर्गतका विभिन्न केन्द्रहरुवाट १ सय १० केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वार्षिक केन्द्र मुल्याड्ढनको आधारमा क्रमश प्रथम ,द्धितिय,तृतिय तथा सान्त्वना, हुने केन्द्रको प्रमुखहरुलाई नगद,तथा प्रशंसापत्र सहित सम्मान शाखा प्रमुख तथा कार्यक्रमका अध्यक्ष नरेन्द्र सिंह ले वितरण गरे ।

यसै गरी वितीय संस्थाको ग्राहक कल्याणकारी कोष सुविधा अन्तर्गत शाखाको सम्पुर्ण सदस्यहरु मध्ये २०७४ सालको एस इ इ परीक्षमा सर्वोत्कृष्ठ अंक ल्याउने सदस्यको छात्र÷छात्राहरुलाई छात्रवृत्ति पुरस्कार स्वरुप नगद हजार र प्रशसा पत्र सहित सम्मान गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]