Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतको रेलवेलाई विश्व बैंकको ५० करोड डलर

२०७३ जेष्ठ २४ गते

world bankभारतको रेलवे विकासमा विश्व बैङ्कले ऋण सहयोग गर्ने भएको छ । रेलवे क्षेत्रको विकास योजनाका लागि प्रमुख स्टेशनमा पुनर्विकासको काम शुरू गर्न विश्व बैङ्कले ५० करोड डलर ऋण सहयोग गर्ने भएको छ । सार्वजनिक क्षेत्रको यातायात रेलवेको अधीनमा आउने विशाल भूभागमा शपिङ मल, मल्टिकम्प्लेक्स, कार्यालय परिसर, भोजनालय र ठूलो पार्किङ स्थल निर्माण गर्दै व्यापक रूपमा यात्रु सुविधा पहिलाभन्दा राम्रो बनाउन कुल ४ सय ३ ओटा स्टेशन पहिचान गरिएको छ ।

आर्थिक मन्दीसँग जुझिरहेको रेलवे क्षेत्रको विकास उसको फोकस एरिया हो र यसका लागि रोडम्याप तयार गर्ने प्रयास गरिएको बताइएको छ । केही प्रमुख स्टेशनको पुनर्विकास कार्य शुरू गर्न विश्व बैङ्कबाट ७ वर्षको अवधिका लागि ५० करोड डलर ऋण सहयोग मागिएको हो । यससँगै रेलवेको विकासका लागि केही दक्ष विदेशी संस्थाहरूसँग पनि वार्ता भइरहेको बताइएको छ । एजेन्सी