निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

?

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगंज पर्साले आफनो मृतक ग्राहक सुस्मिता ताम्राकार को परिवार लाई१ लाख ४० हजार रुपैया रकम हस्तान्तरण गरेको छ । सो रकम बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले मृतकका श्रीमान दिपेन्द्र ताम्राकार लाई मृत्यु क्षतिपुर्ति बापतको बिमा रकम बितरण गरे ।

उक्त कार्यक्रममा वडा सदश्य शर्मा ले निर्धन उत्थान लघुबित्तले गाउगाउमा गएर सेवा दिईरहेको र गरिब बिपन्नको आर्थिक अवस्था माथि उकास्न बित्तिय पहुंच पुर्याईरहेको र सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा धन्याबाद दिए र आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन आग्रह गरे

हालसम्म संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु-याई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *