March 17th, 2019

सिक्का खरिद गर्न शुरु गरे वाणिज्य बैंकहरुले

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले टक्सार विभाग सुनधारा मार्फत सिक्का विक्री गर्न नमिल्ने भएको भन्दै वाणिज्य बैंकहरुलाई सिक्का विक्री गर्ने बताए बमोजिम आज बाट सिक्का विक्री सुरु गरेको छ । नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राष्ट्रिय धरोहरको रुपमा रहेको धरहरा निमार्ण कार्य भइरहेकोले नेपाल राष्ट्र बैंकको टक्सार विभाग सुनधारा मार्फत सिक्का विक्री गर्न नमिल्ने भन्दै वाणिज्य बैंकहरुलाई सिक्का खरिद गरि विक्रि गर्न भनिएको हो ।

धरहराको पुनर्निर्माण तथा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई एक रुपैयाँ दरको ६ लाख बराबर र २ रुपैयाँ दरको १२ लाख रुपैयाँ बराबरको सिक्का खरिद गरि बैंकको काठमाडौं उपत्यकामा रहेका शाखा मार्फत सवसाधारणलई विक्री गर्न फागुन ३० गते परिपत्र जारी गरेको थियो । उक्त परिपत्र बमोजिम राष्ट्र बैंकले आजबाट वाणिज्य बैंकलाई सिक्का विक्रि सुरु गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई मिति तोकेर सिक्का खरिद गर्नको लागि परिपत्र जारी गरेको थियो । साही बमोजिम चैत ३ गते आज नेपाल बैंकले कार्यालय समय भित्रमा सिक्का खरिद गरिसक्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]