March 17th, 2019

नयाँ नेपाल लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय धनगढी जिरोमाइलले संस्थाका केन्द्र प्रमुखहरुको गोष्ठी सम्पन्न गरेको छ ।
७१ जना केन्द्र प्रमुख हरुको उपस्थिति रहेको उक्त कार्यक्रम अनुगमन भिभागका कन्चन पटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा १५ जना केन्द्र संयोजकहरुले संस्था बाट गाउँ घरमै प्रदान गरेको वित्तीय साक्षरता र छिटो छरितो बैंकिग सेवा बारे खुलेर प्रशंसा गर्नुका साथै थप सेवा सुबिधा समेत प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

सहभागी बाट उठेको जिज्ञासा र लघुवित्तको आगामी कार्यदिशा र सेवा सुविधाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले ब्याख्या गरेका थिए ।

हालसम्म संस्थाले २४ वटा शाखा कार्यलय मार्फत वित्तीय सेवा उपलब्ध गराउंदै आएको छ । आगामी दिनमा संस्थाले देशै भरि कार्य क्षेत्र बिस्तार गरि राष्ट्रको गरिबी निवारणको कार्यक्रममा टेवा पुर्याउने उदेश्य संस्थाको रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]