३४ करोडदेखि साढे ३ खर्बसम्मका आयोजना
सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री एवं वोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही चैत १५ र १६ गते शुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ ।
सरकारका आयोजनातर्फ २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार तथा निजीतर्फका आयोजनाको २ खबए ४ अर्ब २० करोड लागत रहेको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनलाई लक्षित गरी परियोजनाहरु छनोट गरिएको र आगमी सम्मेलनमा प्रस्तुत गर्ने जानकारी दिए ।
सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता विकास साझेदार, सरकारी प्रतिनिधि, विज्ञ र सरोकारवाला सहभागी सम्मेलनका लागि प्रारम्भिक अध्ययन भएका आयोजनादेखि विस्तृत अयाोजना प्रतिवेदन तयार भएका अयोजनादेखि विस्तृत आयोजना प्रतिवेदन तयार भएका आयोजनाहरु पनि छन् । विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनाहरुम सबैभन्दा कम ३४ अर्ब५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् । सबैभन्दा कम एकिकृत कृषि पूर्वाधार परियोजना गोदावरी अत्तसउाको लागत ३४ करोड ५४ लाख ५ भने सबैभन्दा बढी काठमाण्डौं पोखरा लम्बिनी विद्युतिय रेलको ३ खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ छ । कारोबारमा प्रकाशित समाचार ।