March 15th, 2019

निर्धन उत्थान लघुवित्तद्धारा मृतकको परिवारलाई ग्रामीण कर्जा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय परस्पुरले मृतक सदस्यको परिवारलाई ग्रामीण कर्जा बीमा रकम दिएको छ । संस्थाले मृतक सदस्य रामप्यारा अहिरको पति राम बहोरी अहिरलाई एक कार्यक्रमका बीच शोकसभा गरी जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास याव तथा जानकी गा.पा. वाड नं. ०४ का अध्यक्ष विश्राम वर्मा को बाहुलीवाट संयुक्त रुपमा ग्रामीण कर्जा बीमा रकम ६ लाख ६६ हजारको चेक दिएको छ । 

शाखा कार्यालय परस्पुरका शाखा व्यावस्थापक टोप बहादुर रास्कोटीले कार्यक्रममा बोल्दै मृतक सदस्य रामप्यारा अहिरको मृत्युले परिवारजनमा पर्न गएको क्षति लाई विमा रकमले राहत महसुस गराउने भन्दै निर्धनले २०४९ साल देखी अनवरत रुपमा देशका ७७ जिल्लामा १८१ शाखा १० क्षेत्रिय र १ केन्द्रिय कार्यालय माार्फत साढे तिान लाख घरपरिवारलाई कर्जा, वचत, विमा र रेमिटान्स सेवा दिईरहेको छ ।

जानकी गा.पा. का अध्यक्ष रामनिवास यादवले निर्धन लघुवित्तले दिएको सेवा सुवीधा सह्निय भएको, वित्तिय चेतना श्रृजनागरी ग्रामिण स्तरमा व्यावसार्य गर्न उतप्रेरित गरेको, सरकारले लिएको निती गरीवी निवारण गर्र्नेकार्य कार्यान्वयन गर्न हातेमालो गरेको, सम्पुर्ण जनमानसमा संस्थाले के कस्तो काम गरीरहेको छ सो वारेमा यस्ता कार्यक्रम गरी जानकारी गराएकोमा आभार प्रकट गर्दै गाउँपालिका सदैव सहयोग गर्न तयार रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]