सामुदायिक लघुवित्तको साधारण सभा चैत २४ गते

बैंकिङ खबर । सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाचौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनी संचालक समितिको फागुन २९ गते बसेको १ सय ४ औं बैंठकले चैत २४ गतेका लागि साधारण सभा बोलाएको हो ।

लघुवित्तको साधारण सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको निर्वाचन गर्नेछ ।

संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारण सभामा पेश गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ११ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । चैत १० गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *