March 15th, 2019

लघुवित्तको संख्या बढ्यो,जाल्पा लघुवित्तले शुरु गर्यो औपचारीक कारोबार

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाले विधिवत रुपमा चैत्र १ गते देखि लघुवित्त कारोवार शुरु गरेको छ । संस्थाले गत कार्तिक ३० गते नेपाल राष्ट्र बैंक बाट १० जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरेको थियो ।

यस अघि यस संस्थाले सृजना विकास केन्द्र, सृजना बैकिङ्ग कार्यक्रमको नामबाट वित्तीय मध्यस्थकर्ताको रुपमा लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको थियो ।

हाल संस्थाकोे चुक्ता पूँजी ७ करोड रहेको छ । त्यस्तै संस्थाले सर्वसाधारणबाट ३ करोड संकलन गरे पछि चुक्ता पूँजी १० करोड पुग्नेछ ।

संस्थाले यसअघि पनि विभिन्न केन्द्रमा आवद्ध भएर गाउँ गाउँमा वा विकट क्षेत्रमा गएर विपन्न तथा गरीबहरुका लागि लघुवित्त कार्यक्रम संचालन गरेको थियो ।

संस्थाको केन्द्रीय कार्यालय पोखरा–८, कास्कीमा रहेको छ । संस्थाले कास्की, तनह, गोरखा र लम्जुङ्ग गरी ४ वटा जिल्लाहरुमा २१ वटा शाखा कार्यलय मार्फत ३२ हजार ४ सय ९० सदस्यहरुलाई एसएमएस. बैकिङ्ग सुविधा सहितको लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।

हाल सम्म संस्थाले ६९ करोड १४ लाख बचत संकलन गरी १ अर्ब १० करोड कर्जा लगानी गरेको छ । आगामी दिनमा संस्थाल गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा समेत लघुवित्त कार्यक्रमहरु विस्तार गर्ने लक्ष्य राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]