ग्रामीण विकास लघुवित्तले पायो हकप्रद निष्काशन गर्ने अनुमति

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।

हकप्रद निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापीटल रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । लघुवित्तको हकप्रद जारीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *