Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

२०७५ फाल्गुन ३० गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगञ्ज पर्साले आफनो मृतक ग्राहक आमना खातुनको परिवार लाई २ लाख ७ हजार ६ सय ४८ रुपैया पर्सा जिल्ला बिरगञ्ज म.न.पा. १३ मा एक शोकसभा कार्यक्रमको आयोजना गरि सो रकम मृतकको परिवारलाई दिएको हो बरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले मृतकका छोरा शेष रुस्तम लाई मृत्यु क्षतिपुर्ति बापतको बिमा रकम हस्तान्तरण गरेका थिए ।

अवसरमा बडा अध्यक्ष अंसारीले निर्धन उत्थान लघुबित्तले गाउँगाउँमा गएर सेवा दिईरहेको र गरीब बिपन्नको आर्थिक अवस्था माथि उकास्न बित्तिय पहुँच पुर्याइरहेको र सामाजिक उत्तरदायित्व समेत बहन गरेकोमा धन्याबाद दिए । आगामी दिनमा अझै राम्रा राम्रा कार्यक्रमहरु ल्याउन र ग्राहकहरुलाई लघुवित्त सेवा दिन आग्रह समेत गरे ।

संस्थाले २०७५ माघ मसान्तसम्ममा ३ लाख ४१ हजार ३८४ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५माघ मसान्त सम्ममा लगानीमा रहेको कर्जा १७ अर्ब ५३ करोड ४५ लाख रहेको छ भने ग्राहक सदस्यहरुको ९ अर्ब ८० करोड ४४ लाख बचत परिचालन गरेको छ ।

Ad