योजना आयोगले तयार बनायो १५ खर्ब ननाघ्ने गरि बजेट सिलिङ

बैंकिङ खबर । सरकारले आगामी आर्थिक बर्षको बजेट १५ खर्ब भित्रको ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को लागि राष्ट्रिय योजना आयोगको स्रोत समितिले १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ तयार गरेको हो । यो बजेटको सिलिङ अर्थ मन्त्रालयमा पुगिसकेको छ ।

योजना आयोग अन्तरगतको स्रोत समितिले चालु आर्थिक वर्षको बजेटको मध्यावधिक समिक्षा मार्फत वास्तवीक बजेट भनेर संशोधन गरेको संशोधित बजेटको १५ प्रतिशत बढाएर आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट ल्याउन गरि सिलिङ निर्धारण गरेको हो । चालु आर्थिक बर्षमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आर्थिक बर्षको सुरुमा ल्याएको बजेटलाई मध्यावधिक समीक्षा गर्ने क्रममा घटाएर चालु आर्थिक बर्षको वास्तविक बजेट १२ खर्ब ९९ अर्ब रुपैयाँ मात्रै हुने संशोधन गरेको थियो ।

योजना आयागले अर्थमन्त्रालयमा पठाएको बजेट सिलिङमा आगामी आर्थिक बर्षको भन्दा १ खर्ब ७७ अर्ब बढी बजेट छुट्याउने प्रस्ताव गरिएको छ । योजना आयोगले तयार पारेको सिलिङमा राजश्व संकलन २० प्रतिशतले बढाएर ११ खर्ब रुपैयाँ गर्न सकिने अनुमान गरेको छ । २ खर्ब ५० अर्ब रुपैयाँ बैदशिक ऋण र बाँकी रहेको आन्तरिक ऋणबाट बजेटको स्रोत जुटाउने अनुमान योजना आयोगको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *