Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा संखुवासभामा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

२०७५ फाल्गुन २९ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले मिती शाखा कार्यालय चैनपुर,संखुवासभामा आफ्ना ४० जना केन्द्र प्रमुख तथा उप–केन्द्र प्रमुख र सदस्यहरुको सहभागितामा संखुवासभा जिल्लाको चैनपुर नगरपालीका वडा नं। ६ मा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नगरपालीकाका उप–प्रमुखले आजबाटै थोरै थोरै बचत गर्ने, धेरै संस्था सँग कर्जा नलिने संस्थाको सदस्यहरुले लिएको कर्जा सही सदुपयोग गरी आर्थिक उन्नति तर्फ लागन र कर्जा दोहोरोपना नहुनेगरी आफ्नो क्षमता अनुसार कर्जा उपभोग गर्न सुझाव दिए । इलाका प्रहरी कार्यालय,चैनपुरका प्रहरी नायव निरिक्षकले आवश्यक सुरक्षा तथा आवश्यक सहयोग गर्न तयार रहेको भनाई राखेका थिए ।

कार्यक्रममा शाखाको प्रगति विवरण, संस्थाले दिने सेवा सुविधा, भिडियो मार्फत वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, वित्तीय अनुशासन आदिको महत्वका बारेमा जानकारी दिएको थियो साथै सदस्यहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।

सदस्यहरुबाट आएको गुनासोको संवोधन गर्दै अनुगमन अधिकृत बालकुमार बुढाथोकी ज्यूले केन्द्र लाई अनुशासनमा राख्रि लिएको कर्जा सहि सदुपयोगिता गर्न अनुरोध गरेका थिए । आगामी दिनमा संस्थाले आफ्नो सेवा सुविधामा थप सरल ,सहज,प्रविधिमैत्री,सहुलियत रुपमा प्रदान गर्न लागी परेको भनाई राख्दै सदस्यहरुलाई आवश्यक अनुसार सिपमुलक तालिम समेत प्रदान गरीने बारे जानकारी गराउनु भएको थियो

सो अवसरमा विभिन्न विधामा सम्मान पत्र सहित नगद राशी विभिन्न उत्कृत केन्द्र तथा सदस्यहरुलाई वितरणा गरीएको थियो । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

Ad