Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तले दियो भिमफेदी गाउँपालिकालाई डस्टवीन

२०७५ फाल्गुन २९ गते

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय भिमफेदीले मकवानपुर जिल्ला स्थित भिमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ ।लघुवित्तले भिमफेदी गाउँपालिकाकालाई स्टयाण्ड सहित १० थान डस्टवीन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि हस्टवीन वितरण गरेकोमा धन्यबाद दिँदै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताए ।

शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीसँगगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताए । संस्थाले आगामी दिनमा समेत यस्तै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्थानमा समुदायसँग सहकार्य गर्दै जाने बताए ।

Ad