March 13th, 2019

शेयर लगानीकर्ता साढे १४ लाख

बैंकिङ खबर ।  धितोपत्र बजारमा जोडिएका लगानीकर्ताको संख्या साढे १४ लाखभन्दा बढी रहेको पाइएको छ । पछिल्लो समय बजार विस्तार भएको तथा सानो रकम पनि लगानी गर्न सकिने भएकाले लगानीकर्ताको संख्या उच्च देखिएको हो । केन्द्रिय निक्षेप सेवा सञ्चालन गरी शेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य गरेपछि शेयर बजारमा जोडिएका लगानीकर्ताको संख्या १४ लाखभन्दा बढी देखिएको हो । यद्यपि, डिम्याट खाता खोल्न बाँकी रहेको लगानीकर्ताको संख्या अझै बढी रहेको अनुमान गरिएको छ ।

डिम्याट खाताका आधारमा लगानीकर्ताको संख्या वणना गर्दा मंगलबारसम्ममा १४ लाख ६० हजार ५ सय ८३ पुगेको छ । जसमध्ये ७ हजार २ सय २१ वटा खाता भने दोहोरो खाता अर्थात एकै व्यक्तिले एकभन्दा बढी खाता खोलेको सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए। “शेयर बजार प्रति चासो राख्ने सर्वसाधारणको संख्यामा उत्साहजनक रुपमा वृद्धि भएको छ,” उनलभ भने, “कर्मचारी सञ्चय कोषको लगानी रहेका योजनाहरुको शेयर कोषले आफ्ना सञ्चयकर्तालाई पनि दिने गरेकाले प्राथमिक बजारमा सर्वसाधारणको सहभागिता उल्लेख्य बढेको छ ।” कारोबारमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]