बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गुल्मीको देउरालीमा बाख्रापालन लगायत कृषी व्यवसाय सम्बन्धि तालिम सम्पन्न गरेको छ । देउराली शाखाका शाखा प्रबन्धक गोबिन्द साउदको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ४८ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त तालिम प्रशिक्षकमा प्राविधिक शुरेस अधिकारी थिए । सो तालिममा सहभागीहरुले बाख्रापालन तथा तरकारी खेती एवम् कृषी सम्बन्धि विविध जानकारी हासिल गरेका थिए ।