Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल राष्ट्र बैंकको अनुमतिसँगै घरेलु लघुवित्तले सुरु गर्योे कारोबार

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । घरेलु लघुवित्त वित्तयि संस्थाले विधिवत रुपमा फागुन २८ गतेबाट आफ्नो लघुवित्त कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंक बाट २०७५ फागुन ३ गतेबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोवार गर्ने इजाजत पाएको लघुवित्तले आजबाट विधिवत रुपमा कारोबार गर्ने भएको छ ।

विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रवद्घित यस संस्थाले लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न कटिवद्घ रहने प्रण गर्दै यस अवसरमा देशका विपन्न वर्गसम्म सरल एवं सुलभ रुपमा वित्तीय सेवा उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिवद्घता समेत व्यक्त गरेको छ ।

Ad