एक सय दरको ४० करोड थान नयाँ नोट छपाई गर्दै राष्ट्र बैंक

बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँ दरको ४० करोड थान नयाँ नोट डिजाइन तथा छपाई गर्न वेलायतको कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार गत माघ १६ गते प्रकाशित गरेको बोलपत्र आवहानमा परेका बोलपत्रहरुको आधारमा वेलायतको De La Rue International Limited  छनोट भएको जनाएको हो । बैंकले उक्त कम्पनीसँग ८० लाख ७२ हजार पाउण्ड स्टरलिङ बराबरको नोट डिजाइन, छपाई तथा आपूर्ती गर्ने सम्झौता गरेको जनाएको हो । केन्द्रिय बैंकले पुराना नोट विस्थापित गरी नयाँ नोट प्रयोगमा ल्याउन नयाँ कम्पनी मार्फत नोट डिजाइन, छपाई र आपूर्तीको काम सुरु गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *