 बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय, चुच्चेपाटीले काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुढानीलकण्ठ नगरपालिका आसपास क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागितामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमा बोल्दै, बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले यस संस्थाले दिने सेवाको बारेमा प्रशंसाका साथै आफ्नो नगर क्षेत्रमा स्वावलम्बनले पु¥याएको वित्तीय सेवा महिला सदस्यहरुका लागि उपयोगी रहेको र सदस्यहरुलाई बैंठक गर्ने सुरक्षित ठाउँको व्यवस्था मिलाउन नगरपालिकासँग समन्वय गरी अगाडी बढ्न र यसमा नगरपालिकाले सहयोग गर्ने बताए ।
वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले वित्तीय संस्थाबाट लघुकर्जा लिएर व्यवसाय गर्न सुझाव दिए । उत्पादन गरेको सामानको बजार व्यवस्थापन गर्न वडा कार्यालयले सहयोग गर्ने बताउदै उहाँले सदस्य तथा संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले संस्थाले उपलब्ध गराउँदै आएको सेवाहरुको बारेमा जानकारी दिनुको साथै महिला सदस्यहरुले खेल्नु पर्ने भुमिका तथा जिम्मेवारीको बारेमा जानकारी दिए ।