 बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्नो शाखा कार्यालय पाख्रिवास,धनकुटामा आफ्ना ४३ जना केन्द्र प्रमुख तथा उप–केन्द्र प्रमुख र सदस्यहरुको सहभागितामा धनकुटा जिल्लाको पाख्रिवास नगरपालीका वडा नं. ४मा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्नो शाखा कार्यालय पाख्रिवास,धनकुटामा आफ्ना ४३ जना केन्द्र प्रमुख तथा उप–केन्द्र प्रमुख र सदस्यहरुको सहभागितामा धनकुटा जिल्लाको पाख्रिवास नगरपालीका वडा नं. ४मा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
एक दिने कार्यक्रममा बोल्दै, नगरपालीकाका उप–प्रमुखले संस्थाको सदस्यहरुले लिएको कर्जा सही सदुपयोग गरी आर्थिक उन्नति तर्फ लाग्न र कर्जा दोहोरोपना नहुने गरी आफ्नो क्षमता अनुसार कर्जा उपभोग गर्न सुझाव दिदै कृषिसँग सम्वन्धित कार्यक्रममा नगरपालीका पनि साझेदार गर्न तयार रहेको भनाई व्यक्त गरे ।
कार्यक्रममा शाखाको प्रगति विवरण, संस्थाले दिने सेवा सुविधा, भिडियो मार्फत वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, वित्तीय अनुशासन आदिको महत्वका बारेमा जानकारी दिएको थियो भने सदस्यहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।
साथै, हिले स्थित मेरीस्टोप सेन्टरको सहयोगमा ग्राहक सदस्यहरुलाई महिला प्रजनन स्वास्थ्य सम्वन्धित र पाख्रिवास पोलिक्लिनकको सहयोगमा प्रेशर जाँचग रिएको थियो ।
सदस्यहरुबाट आएको गुनासोको सम्वोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र चापागाईल ेआजको हाम्रो बचतले भोलि ठुलो काम बन्ने साथै कर्जा लिएर सदुपयोगिता गर्न अनुरोध गरे । आगामी दिनमा संस्थाले आफ्नो सेवा सुविधामा थप सरल सहज,प्रविधिमैत्री,सहुलियत रुपमा प्रदान गर्न लागि परेको भनाई राख्दै सदस्यहरुलाई आवश्यक अनुसार सिपमुलक तालिम समेत प्रदान गर्ने जानकारी गराए ।
सो अवसरमा विभिन्न विधामा सम्मान पत्र सहित नगद राशी उत्कृट केन्द्र तथा सदस्यहरुलाई वितरणा गरिएको थियो । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानी गर्नुका साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
 
       
        
 
 
 
 
 
  
 
  
 
 