Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आयात भयावह हुँदा पनि स्वदेशी वस्तु प्रयोगमा उदासीन

२०७५ फाल्गुन २८ गते


स्वदेशी उत्पादनको उपयोगलाई बढवा दिने उद्देश्यले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भएपनि बोलपत्र स्वीकृत गर्नसक्ने व्यवस्था छ । अर्कोतर्फ मुलुकमा आयात भयावह रुपमा बढेर व्यापारघाटा मुलुकले धान्नै नसक्ने अवस्था सिर्जना भइसकेको छ । स्वदेशी उत्पादनलाई संरक्षण गर्न सकरकारले हालै संसदमा एन्टी डम्पिङसम्बन्धी कानुनसमेत पेश गरिसकेको छ । तर सरकार स्वदेशी वस्तु प्रयोगसम्बन्धी नीति र निर्देशिका कार्यान्वयनमा भने उदासीन देखिएको छ ।

‘स्वदेशी वस्तुको प्रयोग गरौं’ भन्ने नाराका साथ सुरु भएको औद्योगिक व्यापर मेला तथा घरेलु उद्योग महोेन्सवको १५ औं संस्करण र तेस्रो प्राङ्गारिक कृषि मेला सोमबार सकिएको छ । मेलाका बेला स्वदेशी वस्तु प्रयोग बढाउने र स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकराका मन्त्री, सचिव लगायत उच्च पदस्थहरुले प्रतिवद्धता जनाउने गरेपनि कार्यान्वयनमा चासो नदेखाउँदा स्थिति उस्तै रहेको व्यवसायीहरु बताउँछन् । कारोबारमा प्रकाशित समाचार ।

Ad