 बैंकिङ खबर । मिर्मिरे लघुबित्त बित्तीय संस्थाल अत्तरीया क्षेत्रीय कार्यालयले कैलाली,जिल्लाको बौनियामा शाखा प्रबन्धक तथा फिल्ड सहायक कर्मचारीहरुलाई “लघुबित्त सञ्चालन तथा संस्थागत सामाजिक उत्तरदायित्व”विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि टेक बहादुर बोहराले तालिमको उद्घाटन गर्दै तालिमको परिचय, उद्देश्य तथा लघुबित्तमा “संस्थागत सामाजिक उत्तरदायित्व”को महत्वका बारेमा सहभागीहरुलाई जानकारी गराए ।
तालिममा सहभागीहरुलाई यस संस्थाको क्षेत्रीय कार्यालय, अत्तरीया, कैलालीका कर्मचारी सुशिल कुमार बुढाले स्वागत तथा कार्यक्रमको महत्वका बारेमा जानकारी दिए ।
उक्त तालिमबाट सहभागिहरुले लघुबित्त वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व तथा यस क्षेत्रमा आइपर्ने विभिन्न समस्या तथा समाधानका सम्बन्धमा विस्तृत जानकारी हासिल गरेका थिए ।