२०७५ फाल्गुन २७ गते

पर्साको बिरगञ्जमा निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा पर्सा जिल्लाको बिरगञ्जमा“ब्यवसायिकगाई/भैंसी पालन तालिम”सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा पशु सेवा कार्यालयका धन सुन्दर प्रसाद साह ,महेश प्रसाद साह, तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था बिरगञ्ज शाखाका प्रमुख हेमलाल बश्याल रहेका थिए ।

एक परिवारमा एक जनाउद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिईरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घर परिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका शाखा प्रमुख हेमलाल बश्यालले बताए ।

कार्यक्रममा सहभागी नेपालमा पशुपालनको ऐतिहासिक महत्व, नेपालमा हावापानी सुहाउदो बिभिन्न उन्नत (नश्ल) तथा लोकल (काठे) पशुहरुको पहिचान (फरक) गर्ने गरिका, तिनिहरुको स्याहार सुसारमा ध्यान दिनुपर्ने कुराहरु, परम्परागत तरिकाको पशुपालन तथा ब्यवसायिक पशुपालनबाट हुने फाईदा त्यसले किसानको आर्थिक अवस्थामा ल्याउने सुधार , गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु , पशु तथा गोठको सरसफाईको आवश्यकता र महत्व, रोगि निरोगी पशु पहिचान गर्ने तरिकाहरु , पशुपालनमा लाग्ने रोगहरु ( रिपिट ब्रिडर्स, गर्भपतन, डिसटोकिया, प्रोल्याप्स) , तिनको रोकथामका लगायतका विषयमा जानकारी हासिल गरेका थिए ।

हालसम्म संस्थाले संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु-याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।