 बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखराबीच हस्पिटलले दिने छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ ।
वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो ।
यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परिवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने विश्वास लघुवित्तले लिएको छ ।