 बैंकिङ खबर। स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरेन्द्रचोक,ताप्लेजुङ्गले संस्थाका आफ्ना ५३ जना ग्राहक सदस्यहरुको सहभागितामा ताप्लेजुङ्ग जिल्लाको फुङलिङ्गमा एक दिने केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकिङ खबर। स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरेन्द्रचोक,ताप्लेजुङ्गले संस्थाका आफ्ना ५३ जना ग्राहक सदस्यहरुको सहभागितामा ताप्लेजुङ्ग जिल्लाको फुङलिङ्गमा एक दिने केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा फुङलिङ्ग नगरपालीकाका नगरप्रमुख क्षत्रपति प्याकुरेलको प्रमुख आतिथ्यमा सम्मपन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका प्रहरी नायव उपरिक्षकको समेत उपस्थित रहेको थियो।
मनतव्यको क्रममा प्रहरी नायव उपरिक्षकले संस्थालाई शुभकामना दिदै संस्थाको सदस्यहरुले लिएको कर्जा सही सदुपयोग गरी आर्थिक उन्नति तर्फलागन सुझाव दिए । नगरप्रमुखले लिएको कर्जा कृर्षी , अलैचि खेती गर्न समेत प्रोत्साहन गर्दै, पशुपालन तथा व्यवसायिक बन्न सुझाव दिदै संस्थाले गरेको काम प्रति आफु खुशि रहेको बताए ।
कार्यक्रममा शाखाको प्रगति विवरण, संस्थाले दिने सेवा सुविधा, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, वित्तीय अनुशासन आदिको महत्वका बारेमा जानकारी दिएको थियो फुङलिङ्ग स्थित मेरीस्टोप सेन्टरको सहयोगमा ग्राहक सदस्यहरुलार्इ महिला प्रजननस्वास्थ्य सम्वन्धीत जानकारी गराएको थिए ।
सदस्यहरुबाट आएको गुनासोको संवोधन गर्दै संस्थाका अनुगमन तथा असुली विभागका ब।अधिकृत हरिचन्द्र पौडेलले आजको हाम्रो बचतले भोलि ठुलो काम बन्ने साथै कर्जा लिएर सदुपयोगिता गर्न अनुरोध गरेका थिए साथै आगामी दिनमा सदस्यहरुलार्इ आवश्यक अनुसार सिपमुलक तालिम समेत प्रदान गरिने बताए । सदस्यहरुबाट आएको जायज गुनासोहरु लाई संस्थाले क्रमशः सुधार गर्दै लाने प्रतिवद्धता व्यक्त गरे ।
हासम्म संस्थाले ७६ शाखाहरु स्थापना गरी लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानीगर्नुका साथै सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।
 
       
        
 
 
 
 
 
  
 
  
 
 